Widgets

सुटुक्क बन्यो ‘नेपालको संविधान २०६९’ !

Unknown | 04:59 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


११ बैशाख, काठमाडौं । ६०१ को हूल चार वर्षसम्म बानेश्वरमा बस्दा समेत संविधान बनाउन सकेनन् भनेर सर्वत्र दल र नेताहरुको आलोचना भैरहेको छ । पहिलो संविधानसभा बिघटन भएपछि संविधान बनाउनकै लागि भनेर अर्को संविधानसभा चुनावको तयारी पनि भैरहेको छ । तर तपाईं पत्याउनुहुन्छ, संविधान बनाउन नसक्ने तिनै राजनीतिक दलका नेताहरुसँग मिलेर बिदेशीले ‘नेपालको संविधान २०६९’ बनाएका छन् ।
स्वीडेनको एक दातृ संस्थाले नेपालको संविधान बनाएर लागू समेत गरिसकेको छ । त्यतिमात्र हैन उसले बनाएको नयाँ संविधानअनुसार ‘नेपालको अन्तरिम संविधान २०६३’ खारेजसमेत भइसकेको छ ।
काठमाडौंमा रहेको नर्वेली दूतावास र फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा इन्टरनेशनल इन्स्टिच्यूट फर डेमोक्रेसी एण्ड इलेक्ट्रोल एसिस्टेन्स (आइडिया)ले नेपालीहरुका लागि नयाँ संविधान तयार पारेको हो । संविधान तयार पार्ने काममा बिघटित संबिधानसभाका मुख्य चार शक्तिका दोस्रो तहका नेता र केही कानुनबिद्हरु पनि सहभागी छन् ।
के-के छ नयाँ संबिधानमा ?
अनलाइनखबरलाई प्राप्त नेपालको संविधान २०६९मा ३८ भाग, ३६१ धारा र १८ अनुसूची छ । १ सय ५४ पृष्ठ नयाँ संबिधानको धारा ३६१ ले नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको घोषणा गरेको छ ।
संघीयता र शासकीय स्वरुपमा कुरा मिल्न नसकेर संबिधानसभा बिघटन भएको भएपनि नयाँ संविधानमा यी सबै कुरा मिलेका छन । प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरिएको संविधानमा उनीहरुको अधिकार बाँडफाँड हुने उल्लेख छ । कसले के अधिकार पाउने भन्ने सूची नै राखिएको छ ।
संविधानमा १४ वटा संघीय राज्य हुने उल्लेख छ । जसअनुसार लिम्बुवान, किराँत सुनकोसी, शेर्पा, मिथिला-भोजपुरा-कोच-मधेस, लुम्बिनी-अबध-थारुवान, ताम्सालिङ, नेवा, नारायणी, तमुवान, मगरात, जडान, कणर्ाली र खप्तड रहेका छन ।
केन्द्रीय सरकार र स्थानीय सरकारले गर्ने कामको सूची नै बनाइएको छ । केन्द्रीय सरकारका अधिकारलाई ४४ बुँदामा समेटिएको छ भने स्थानीय सरकारले ३४ बुँदे अधिकार पाएको छ ।
नयाँ संविधानमा नेपालको राष्ट्रिय झण्डा फेरिएको छैन भने नेपाल सरकारको निशान छापलाई पनि साविककै राखिएको छ ।
कसले बनाए ?
आइडियाको आर्थिक लगानीमा संबिधान बनाउन केही स्वघोषित संविधानविदहरु लागेको देखिन्छ । स्रोतका अनुसार तीर्थमान शाक्य, पूर्णमान शाक्य, उदय नेपाली श्रेष्ठ, डा. विपिन अधिकारी र टेकप्रसाद ढुंगाना विज्ञका रुपमा संविधान बनाउने प्रकृयामा सहभागी थिए ।
विघटित संबिधानसभा रहेका मुख्य दलका कानुन पृष्ठभूमीका सदस्यहरु पनि संविधान बनाउने कर्ममा लागेका छन । नेपाली काँग्रेसका राधेश्याम अधिकारी र पुष्पा भुसाल, मधेसी मोर्चाका लक्ष्मणलाल कर्ण, एमालेका अग्नीप्रसाद खरेल र एमाओवादीका खिमलाल देवकोटा संबिधानको मस्यौदा बनाउन सक्रिय रहेको बताइएको छ ।
संविधान बनाउने प्रकृयामा करीब २५ करोड रुपैयाँ खर्च गरेको आइडियाले बिज्ञ र मस्यौदाकारका लागि मात्रै दुई करोड रुपैयाँ लगानी गर्नुपरेको बताइएको छ ।
यो त्यही एनजीओ हो जसले संविधानसभाकै दौरानमा चार दलका दोस्रो तहका नेतालाई स्वीजरल्याण्डको एक गाउँमा राखेर मिश्रति शासकीय प्रणाली र १४ प्रदेशसहितको संघीयतामा सहमत गराएको थियो । संविधानसभाका बेला सभासदहरुलाई बिदेश घुमाउन, ल्यापटप किनिदिन र होटलहरुमा सेमिनार गर्न आइडिया राम्रै पैसा खर्चिएको थियो 



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS