चितुवाको बच्चा र बाँदरको बच्चा खेल्दैछन् भन्दा सायद तपाईलाई अनौठो लाग्ला । तर, चीनको एक पार्कमा बाँदरको बच्चा सिंहको बच्चाको जिऊमा आफ्नो टाउको अड्याएर बसिरहेको छ । उनीहरू एकसाथ हिड्ने पनि गर्छन् । 
यी दुवै टुहुरा छन् । दुवैका आमा छैनन् । आमाको दुधको आवश्यकता रहेका यी दुवैलाई सँगै राखेर दुध खुवाइन्छ । चीनको गुआइपो म्यानचुरियन टाइगर पार्कमा यी दुईलाई स्याहार गरिँदै आएको छ ।
सिंहको बच्चा करिब ३२ दिनको भएको छ भने बाँदरको बच्चा १६ दिनको छ । तस्विरमा दुवै निकै निराश जस्ता देखिएका छन् । 
हेरौ यी दुईको तस्विर...
baby-lion-monkey-friendsbaby-lion-monkey-friendsbaby-lion-monkey-friends
अन्य समाचार खोज्नुस...

बालकहरू पढ्न जाँदा खेल्दै र रमाउँदै जाने गर्छन् । स्कुल जाँदा सकेसम्म सजिलो बाटो रोज्दै सहजताका साथ खेल्दै जाने बेलामा इन्डोनेसियाका बालबालिकाहरू भने ज्यानको बाजी थापेर विद्यालय जाने गर्छन् । 
इन्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको सुमुआ बाना गाऊँका विद्यार्थीहरू भत्किएको पुलमा रहेको बाँस समात्दै डोरीमा टेकेर पुल पार गरेर विद्यालय जान बाध्य छन् । केही वर्षअघि भूकम्पले पुल भत्काएपछी उक्त पुलको निर्माण हुन सकेको छैन् । पुल निर्माण सम्पन्न हुन नसकेपछी जोखिम मोलेरै शिक्षाका लागी विद्यालय जाने गर्छन्, सुमुआ बाना गाऊँका बालबालिका । 
हेरौ बालबालिकाको विद्यालयको जोखिमपू्र्ण...
schoolchildren-face-dangerous-trip-to-classschoolchildren-face-dangerous-trip-to-classschoolchildren-face-dangerous-trip-to-classschoolchildren-face-dangerous-trip-to-class

फोटोग्राफी आफैमा अनौठो काम हो । फोटोग्राफ्रीले मानिसलाई फरक दृष्टिकोण, फरक सोचाई र फरक धार देखाउन समेत मद्धत गर्छ । फोटोग्राफीमा लागेका व्यक्तिको एउटा मात्र फोटोले पनि विश्वलाई चकित बनाउन सक्छ । फोटोग्राफीमा नै आफ्नो जीवन लगाउने फोटोग्राफरले खिचेका केही यस्ता तस्विरहरू छन् जसले हेर्नलाई समेत एकछिन रणभुल्लमा पार्छ । केही फोटोग्राफरहरूले खिचेका केही तस्विरहरूले हामीलाई झट्ट हेर्दा अचम्म लाग्न सक्छ । यी फोटोले पहिलोपटक हेर्ने जोकोहीलाई पनि एकछीन फोटोमा ध्यान दिन आवश्यक पर्छ । 
यी फोटोलाई एकछिन हेरेपछी मात्र फोटोको वास्तविक एन्गल बुझ्न सकिन्छ । केहीबेर घोत्लिएपछी मात्र फोटोग्राफरको प्रशंसा गर्न सकिन्छ । हेरौ फोटोग्राफरका अद्भुत तस्विरहरू...
Funny-camera-angle-snaps Funny-camera-angle-snaps Funny-camera-angle-snaps Funny-camera-angle-snaps Funny-camera-angle-snaps Funny-camera-angle-snaps Funny-camera-angle-snaps Funny-camera-angle-snaps Funny-camera-angle-snaps Funny-camera-angle-snaps

करिब १० वर्ष अगाडि चिलीमा ६ इन्चको एउटा हाड भेटिएको थियो । सरसर्ती हेर्दा मानिसको आकृति जस्तै देखिने उक्त स्केलेटन मानिसकै भएको शंका गरेर यस स्केलेटनबारे अध्ययन गरिएको थियो । 
उक्त स्केलेटन मानिसकै शशिरको हाड जस्तो देखिन्थ्यो भने टाउको सामान्य भन्दा केही ठुलो देखिएको थियो । यो स्केलेटन कुनै बाँदरको या त एलियन(अर्कै ग्रहका प्राणी)को हुन सक्ने अनुमान गरिएको थियो र यसकै आधारमा परिक्षण सुरू गरिएको थियो । परिक्षणका क्रममा यो स्केलेटनसँग मिल्दा जुल्दा तस्विरहरूको समेत निर्माण गरिएको छ । स्ट्याण्डफोर्ड विश्वविद्यालयले गरेको डिएनएमार्फत गरिएको परिक्षणबाट यो के हो भनेर किटेर भने भन्न सकिएको छैन् । तर, उनीहरूको भनाई के भने यो कुनै अन्य ग्रहबाट पृथ्वी ठोक्किन आइपुगेको एलियन वा बाँदर, वा फेटस हुन सक्छ । 
यसमा अपत्यारिलो कुरा के छ भने मात्र ६ इन्चको मात्र मानव या एलियन हुन सम्भव छ ? वैज्ञानिकहरुले परिक्षणका क्रममा निकालेका तस्विरहरूले त यो मानव नै हुन सक्ने अनुमान गरेका छन् । तर, यसको आकारले भने यसलाई पुष्टी गर्न सकेको छैन् । 
यो स्केलेटन अटाकामा मरूभूमीमा घुम्दै जाने क्रममा सन् २००३ अक्टुबरमा ओस्कार मुनोज नामका व्यक्तिले भेटेका थिए । मुनोजका अनुसार उनले उक्त स्केलेटन एउटा सेतो कपडासँगै बेरिएको अवस्था भेटेका थिए । यो स्केलेटनको दाँत पनि निकै बलियो रहेको बताइएको छ भने टाउको सामान्य भन्दा ठूलो देखिएको छ । 
यसले वैज्ञानिकहरुलाई थप आश्चर्यमा पारेको छ भने खोजको एउटा नयाँ पाटो समेत थमाइदिएको छ । वैज्ञानिकहरूले यसबाट के कस्तो निष्कर्ष निकाल्छन् त्यो भने हे्र्न बाँकी नै छ । उनीहरूले आफू निष्कर्षमा नपुगेसम्म पक्कै यसबारे थप कुराहरु सार्वजनिक गर्नेछैनन् । त्यसका लागी केहि समय अवस्य पनि पर्खिनुपर्ने छ । 
हेरौ मात्र ६ इन्च लामो स्केलेटनका केही तस्विरहरू...
6 inch human skeleton alien found 6 inch human skeleton alien found 6 inch human skeleton alien found 6 inch human skeleton alien found 6 inch human skeleton alien found 6 inch human skeleton alien found 6 inch human skeleton alien found 6 inch human skeleton alien found
११ बैशाख, काठमाडौ । जनआन्दोलनका समय सक्रिय नागरिक समाजका अगुवा डा. सुन्दरमणी दीक्षीतले चप्पल लगाउने नेता महलमा पुग्नु नै लोकतन्त्रको उपलव्धी भएको बताएका छन् । 
सरकारप्रति निराश जनता कुनैपनि समय विस्फोटक ढंगले सडकमा आउने खतरा विद्यमान रहेको उनको भनाइ छ । ‘आफ्नो जीवनमा परिवर्तन खोज्न चप्पल लगाएको वर्ग सडकमा आएको थियो, उनले भने, 'गणतन्त्र स्थापनापछि चारपटक कम्युनिष्ट सरकार गठन भएपनि ‘चप्पल लगाउने वर्ग'को हैसियत जहाँको त्यही छ, जनता व्यापक निराश छन् ।’
लोकतन्त्र दिवसको अवसरमा गरिएको एक कार्यक्रममा डा. दीक्षीतले ‘लोभी पापी’ नेताका कारण सातबर्षमै लोकतन्त्रप्रति जनता निराश भएको बताएका छन् । ‘पटकले लोकतन्त्रले जनतालाइ केही दिएन, उनले भने, 'अर्को जनआन्दोलनको पृष्ठभूमी तयार बन्दैछ ।’ 
जनआन्दोलनका समयमा आफूहरलाइ कष्टदिने लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तीको तयारी गरेर जनआन्दोलनप्रति अपमान गरिएको उनले टिप्पणी गरे ।
puspakamal dahal prachanda११ वैशाख, नेपालगञ्ज । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको त्याग र बलिदानबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न सबै नेपाली दोस्रो संविधानसभाको निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् । 
लोकतन्त्र दिवसका अवसरमा आज यहाँ दोस्रो जनआन्दोलनमा नेपालगन्जमा शहादत प्राप्त गरेकी शहिद सेतु विकको शालिक अनावरण गर्दै उनले भने, “नेपाली जनताको ठूलो बलिदान तथा सङ्घर्षबाट प्राप्त उपलब्धि कतै गुम्ने त होइन भन्ने चिन्ता उब्जेको छ ।”
अध्यक्ष दाहालले संविधान निर्माणको ८० प्रतिशतभन्दा बढी काम टुङ्ग्याए पनि संविधान जारी गर्न नसकिएकामा दुःख व्यक्त गर्दै संविधान निर्माणको बाँकी काम निर्वाचित भएर आउने नयाँ संविधानसभाले सम्पन्न गर्ने विश्वास दिलाए ।
“हामी सबै तीन करोड नेपालीले एक मन भएर यो देशको समृद्धि, आर्थिक विकास तथा निर्माणका लागि सङ्कल्प र प्रतिज्ञा गर्नु आवश्यक छ”, उनले भने ।
उनले शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधान लेख्ने प्रयत्न गरिएकामा शान्ति प्रक्रियाको विषय करिब करिब टुङ्गोमा पुगिसकेको तर राजनीतिक दलको विमतिका कारण संविधान जारी गर्न नसक्दा पुनः संविधानसभाको निर्वाचन गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको हो भने ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लडाइँमा शहादत प्राप्त गर्ने सहिदको सपना पूरा गर्न अब फुटेर होइन जुटेर राजनीतिक मुद्दा सल्टाउनुपर्नेमा उनको जोड थियो । 
बाँके जिल्ला विकास समितिको संयोजनमा करिब दुई लाखको लागतमा सहिद सेतु विकको शालिक अनावरण कार्य सकिएको स्थानीय विकास अधिकारी विश्वराज डोटेलले जानकारी गराएका छन् । रासस

११ वैशाख, काठमाण्डौ । पछिल्लो समय सरकारी जागिरप्रतिको आकर्षण बढ्दै जाँदा बजारमा लोकसेवा आयोगको परीक्षा तयारीका लागि विभिन्न सामाग्री थपिँदै गएका छन् । लोकसेवा आयोगको विभिन्न तह तथा पदका परीक्षार्थीका लागि भन्दै कैयौँ पुस्तक तथा पत्रिकाहरु बजारमा रहेका बेला एक अर्को नयाँ सामाग्री पनि थपिएको छ । निजामती सेवामा आबद्ध केही युवाहरुले ‘सारथी दर्पण’ नामक मासिक पत्रिका बजारमा ल्याएका छन् ।sarathi-darpan
पत्रिकामा भर्खरै पाठ्यक्रम परिवर्तन गरिएको शाखा अधिकृत देखि नायब सुब्बा र खरिदार पदका पाठ्यक्रमसँग सम्बन्धित विषयवस्तुका साथै समसामयिक विषयवस्तु, ऐन नियमबारे जानकारीका साथै बौद्धिक परीक्षण र विषयगत अभ्यासलाई महत्व दिइने दाबी प्रकाशकको छ । ‘सारथी दर्पण’ हरेक महिनाको पहिलो हप्ता बजारमा आउनेछ ।

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS