Widgets

रुविन भन्छन् : मेरो उमेर अनुसार लोकतन्त्र फस्टाएन

Unknown | 05:01 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


११ बैशाख, काठमाडौं । ‘निरंकुशता दुई दिनको भएपनि लोकतन्त्र जुनीभरीलाई………..’ हेर्दा नपत्याउने सानो केटोले सारंगी बोकेर यसरी गीत गाउन थालेपछि वरपर मान्छे झुम्मिन्थे । राजा र राजतन्त्र बिरुद्ध नारा लगाइरहेकाहरुलाई त्यो केटोको गीतले झनै जुरुकजुरुक बनाउँथ्यो । आन्दोलन दबाउन बन्दुक र लाठी बोकेर उभिएका प्रहरी पनि दंग परेर गीत सुन्थे ।
rubin-ghandarbaयसरी आन्दोलनकारी र प्रहरीलाई समेत गीत सुनाएर दंग पार्ने रुविन गन्धर्व अहिले किशोर भैसके । तर आफ्नो उमेर अनुसार लोकतन्त्र फस्टाउन नसकेकोमा उनी चिन्तित छन् । ‘त्योबेला सारंगी बोकेर गीत गाउँदा सानो थिएँ, अहिले ठूलो भैसकें’ रुविनले अनलाइखबरसित भने-’तर लोकतन्त्र बढेन, संविधान नबनाई संविधानसभा बिघटन भयो ।’
जनताले खोजेजस्तो नयाँ संविधान बन्यो भने मात्र लोकतन्त्रको उपलव्धी संस्थागत हुन सक्ने उनको भनाई छ । ‘जे भयो भयो, अब छिटो चुनाव गरेर संविधान बनाउनुपर्छ’ रुविनले भने ।
सडक नै दैनिकी
जनआन्दोलनको बेला रुविनको दैनिकी नै सडकमा बित्थ्यो । ‘बिहान उठ्ने बित्तिकै सारँगी बोकेर आन्दोलनकारीको हुलमा मिसिने, सुरिलो भाकामा गीत गाउने, अनि रात परेपछि घर र्फकने, त्यो बेलाको मेरो दैनिकी नै यही थियो’ अनलाइनखबरसितको कुराकानीमा रुविनले भने । हुन पनि रुबिन बिनाको जमघट आन्दोलनकारीलाई पनि खल्लो लाग्थ्यो । रुविनको गीतको चर्चा बढ्दै जाँदा हरेक दिन हरेक ठाउँमा उनको खोजी हुन थाल्यो । दलहरुका संयुक्त र छुट्टाछुट्टै कार्यक्रममा पनि उनले समय दिन थाले । ‘यो पार्टी, त्यो पार्टी भनेर छुट्याईन’ रुविनले भने -’आन्दोलनलाई सहयोग पुग्ने खालका हरेक कार्यक्रममा सहभागी भएर गीत गाएँ ।’
सडकमा आन्दोलनकारीसित मिसिएर शाही शासनको बिरोधमा गीत गाउनु सजिलो काम थिएन । गोली, अश्रुग्याँस, लाठी, लात्ती, थुना र धरपकडको सधैं डर । बिहान उठेर हिंडेपछि बेलुका र्फकने, नर्फकने ठेगान हुन्न थियो । तैपनि रुबिनले यसको रत्तिभर ख्याल गरेनन् । कतिपटक प्रहरीले उनको सारंगी फुटादिए, कतिपट थुनामा पनि लगे । ‘कहिलेकाहीं प्रहरीले माया पनि गर्थे, कहिलेकाहीं चाहिं रीस’ रुविनले सम्झँदै भने -’धेरैपटक अरुसँगै म पनि प्रहरी थुनामा पुगें, तर म सानो देखेर उतिखेरै प्रहरीले छाडिदिन्थ्यो, म फेरि अर्को ठाउँमा पुगेर गीत घन्काउन थालिहाल्थें ।’
त्यतिबेला ५ दलले गर्ने मौसमी आन्दोलन र त्यसपछिको १९ दिने जनआन्दोलन सबैमा रुविन सहभागी भए । उनले हेर्दाहेर्दै मुलुकमा ठूलो परिवर्तन भयो । देशमा लोकतन्त्र हुँदै गणतन्त्र स्थापना भयो । ‘त्योबेलाको उत्साह नै अर्कै थियो’ रुविनले भने -’नेताहरुका प्रतिबद्धता, जाँगर र परिवर्तनको आकांक्षा देखेर म पनि पछि लागेको थिएँ ।’
फेरि पनि नेताहरुको प्रतिबद्धता र जाँगरले मुलुकमा संविधान निर्माण गर्ने रुविनको विश्वास छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS