Widgets

क्यानडाबाट फर्किएकी युवतीको नेपालमा लगानी

Unknown | 15:43 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


११ बैशाख काठमाडौं । विदेशी गएपछि उतै हराउने र नेपालमा केही हुँदैन र गर्न सकिदैन भन्ने आम नेपालीको मानसिकतालाई चुनौती दिँदै एक नेपाली युवतीले क्यानडाको बसाई त्यागेर नेपालमा ब्यबसाय गर्न कस्सिएकी छिन ।८ वर्षदेखि क्यानडामा बस्दै आएकी धरानकी २९ वषिर्या अनानिक राईले राजधानीको नयाँ बानेश्वरमा ‘अनानिक ब्युटी एन्ड स्पा’ व्युटीपार्लर व्यवसाय सुरु गरेकी छिन् । आधुनिक व्युटीपार्लर संचालन गरेर उनले आफूसहित अन्य १० जनालाई प्रत्यक्ष रोजगारी दिएकी छिन् । व्युटीपार्लरमा झण्डै ८० लाख रुपैयाँ लगानी गरेको उनको भनाई छ ।1
 ब्युटी सैलुनबाट लेडिज जेन्ट्स दुबैलाई सेवा प्रदान गर्ने राईले बताईन् । उनले भनिन- ‘सैलुनबाट बडी केयर, स्किन केयर, फेसियल, नेल केयर, मेनिकेयर (हातसम्बन्धी उपचार) पेडिकेयर -खुटासम्बन्धी), हेयर रिमुभल सेवा उपलब्ध गराइने छ ।’ स्वदेशी तथा विदेशी उत्पादन प्रयोग पार्लर उच्च घरानियादेखि सर्वसाधरणसम्मलाई लक्षित गरि खोलिएको र ग्राहकहरु सुहाँदो शुल्क लिने राईले बताइन् । पार्लरबाट पाउने विशेष सेवा भनेको नेल आर्ट हो । उनले क्यानेडादेखि कृत्रिम नेल्स (वायो सिभिट जेल) पार्लरमा भित्राएकी छिन् । ‘वायो सिभिट जेल विश्वकै उत्कृष्ट कृत्रिम नेल हो’ उनले भनिन- ‘यो नेल्स एकपटक प्रयोग गरेपछि १ महिनासम्म फेर्नु पर्दैनन् ।’2
नेल्सका सौखिनहरुले १ हजार रुपैयाँदेखि १५ सय रुपैयाँसम्म खर्च गरेर विभिन्न डिजाइनका नेल्स प्रयोग गर्न पाउनेछन् । उनले वायो सिभिट जेलको नेपालका लागि अधिकृत विक्रेता समेत रहेको बताईन् । नेपालीहरु चाइनामा बनेको नक्कली नेल्स २५ सय रुपैयाँसम्म तिरेर प्रयोग गर्ने गरेको उनको भनाई छ । चाइनीज नेल्स ४/५ दिनमै उप्किने उनको दाबी छ ।आठ वर्ष अगाडि पढाईको सिलसिलामा क्यानडा पुगेकी राईले टोरन्टोमा पनि ५ वर्षदेखि व्युटीपार्लर व्यवसाय गर्दै आएकी छिन् । ‘विदेशी भूमिमा छिरेपछि अधिकांश नेपालीहरुले स्वदेशको माया मार्ने गर्छन्’ अनलाईन खबरसँग राईले भनिन- ‘मलाई विदेशमा कमाएको सीप र धनले नेपालमा केही गर्नुपर्छ भन्ने इच्छा लागेपछि व्युटीपार्लर व्यवसाय सुरु गरेकी हुँ ।’3
नेपालमा लगानी गर्ने इच्छा भएमा वातावरण लगानीमैत्री भएको उनले बताईन् । क्यानडामा मिडियासम्बन्धी अध्ययन गर्दा पार्ट टाईम जब गर्ने क्रममा सौन्दर्यसम्बन्धी ज्ञान आर्जन गर्ने मौका पाएको र त्यसैले ब्युटिपार्लर ब्यबसायमा तानेको उनले बताईन् नयाँ बानेश्वरस्थित एभरेष्ट होटल छेउँमा खोलिएको आधुनिक ब्युटिपार्लरको सोमबार हालै पूर्व मिस नेपाल माल्भिका सुब्बाले उद्घाटन गरिन् ।4
5
6



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS