Widgets

नायीका बिनिता बरालले गरिन् सुटुक्क बिवाह !

Unknown | 04:40 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


नेपालकी अहिलेकी चर्चित नायीका बिनिता बराल विभिन्न हतकण्डाका कारण चर्चामा रहने गर्छिन् । कहिले निर्माता त कहिले निर्देशकसँग झगडा गरेर चर्चामा आउने उनी यतिबेला भने सुटुक्क विवाहको समाचारले उनी चर्चामा आएकी छिन् । चलचित्र सुपरहिटका निर्देशक निरञ्जन पाण्डेसँग सुटुक्क विवाह गरेको चर्चाले उनी तनावमा आएकी हुन् । ‘केही दिनयताबाट दिनभरिजसो विवाहको बधाईको फोन आएर हैरान भइसके । मेरो विवाहको हल्ला फिँजाएर कसैले मलाई तनाव दिइरहेको छ ।' उनले भनिन् । केही समययता निरञ्जन र विनितबीच घनिष्ट प्रेम सम्बन्ध रहेको उनीहरूकै सिनेमा सुपरहिटका कलाकार




तथा प्राविधिकले बताउँदै आएको अवस्थामा उनीहरुले सुटुक्क विबाह गरेर उक्त सम्बन्धलाई अझ गाढा बनाएको चर्चाले यतिबेला नेपाली चलचित्र बजार तातेको छ । अधिकांश समय उनीहरूसँगै रहेकै कारण यी जोडीले विवाह गरेको चर्चा बाहिरिएको उनीहरूका सहकर्मीले अड्कल काटेका हुन् ।

कामको सिलसिलामा आफूहरूसँगै रहने गरेको अभिनेत्री बरालले बताइन् । ‘चलचित्रको निर्देशक र कलाकारसँगै हामी राम्रा साथी पनि हौं । हाम्रो मित्रता देख्न नसकेर केही व्यक्तिले यस्तो अनावश्यक हल्ला चलाएका हुन्,’ नायीका विनिता बरालले भनिन्,‘साथी भएपछि आपसमा प्रेम हुनु स्वाभाविकै हो ।

तर, हामी प्रेमीप्रेमिका होइनौं र विवाह गरेको चर्चा गलत हो ।’ सन्चो नभएर तीन दिनदेखि घरमा बसिरहँदा विवाह भएको फोन एकपछि अर्को गर्दै पटक–पटक आउँदा आफ्नो स्वास्थ्यमा झन् असर परेको पनि उनले बताएकी छिन् । हुन त चलचित्र चपली हाइटमा निर्माता अर्जुन कुमारसँग झगडा गरेर अभिनेत्री बराल चर्चामा आएकी थिइन् । उनीहरूको झगडाले चलचित्रको प्रचारमा निकै मद्दत पुगेको थियो । यस्तै, आफ्नो नयाँ चलचित्र ‘सुपरहिट’को प्रचारका लागि पनि नायिका विनिता बराल र निर्देशक निरञ्जन पाण्डेले यस्तो हल्ला फिँजाएको केही सिनेकर्मीको बुझाइ छ । यो विषयमा निर्देशक पाण्डेले भने,‘यो खबरले हामी आफैं अहिले तनावमा छौं । चलचित्रको प्रचारका लागि यस्तो घटिया स्क्यान्डल गर्न त के हामी सोच्न पनि सक्दैनौं ।’



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS