Widgets

हाम्रो एक मात्र सपना विश्वकप खेल्नुः पारस खड्का

Unknown | 04:59 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


११ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३ मा नेपाली टोलीको एकमात्र सपना विश्वकप क्रिकेटका लागि छनोट हुनु रहेको बताएका छन् ।
Paras-Khadka‘हामीलाई थाहा छ, प्रतिस्पर्धी टोलीले हामीलाई खेलका हरेक क्षेत्रमा चुनौति पेश गर्नेछन् र बर्मुडामा आएका सबै टोली क्षमतायुक्त छन्’ इन्टरनेशनल क्रिकेट काउन्सिल आईसीसीसँगको कुराकानीमा खड्काले भनेका छन्-’यहीँ बुझेर हामीले यसलाई निकै गम्भीर रुपमा लिएका छौँ र जितका लागि हरसम्भव प्रयास गर्नेछौँ ।’
आफुहरुलेे प्राप्त श्रोत साधनलाई प्रयोग गर्दै प्रतियोगितामा सफलता प्राप्त गर्न उच्चतम तयारी गरेको पारसको दाबी छ । नेपाली टोलीका सबै सदस्यहरुसँग घरेलु क्रिकेटको अनुभव मात्र रहेको भन्दै उनले आफुहरुले आइसीसीको र्यांकिङमा आउन ठूलो मेहेनत गरेको र विश्व कप क्रिकेटमा छनोट हुनु एकमात्र सपना रहेको बताए ।
‘नेपाली टोली एसोसिएट राष्ट्रहरुमध्ये उत्कृष्ट ६ स्थानसम्म रहन सक्षम रहेको दाबी पारसको रहेको छ । त्यसैले छनोटका लागि हामी आफ्नो अधिकतम क्षमताका साथ खेल्नेछौं’-कप्तान पारस भन्छन् ।
ज्ञानेन्द्रले पनि भिसा पाए
भिसा क्लियरेन्सका कारण रोकिएका नेपाली उपकप्तान ज्ञानेन्द्र मल्लले पनि भिसा पाएका छन् । उनी आज राति दिल्लीबाट लण्डन हुँदै बर्मुडा जाने छन् । नेपाली टोलीका अन्य सदस्य भने लण्डनबाट आज राति बर्मुर्डा जादैछन् । ‘दिल्लीस्थित बेलायती दूताबासले क्लियरेन्स दिएको छ’ क्यानका महासचिव अशोकनाथ प्याकुरेलले अनलाइनखबरसँग भनेे-’उनी आजै लण्डन जानेछन् ।’
नयाँ र पुरानो पासपोर्टमा जन्म मिति फरक परेको भन्दै भारतस्थित बेलायती दूताबासले ज्ञानेन्द्रलाई ट्रान्जिट भिसा दिन मानेको थिएन । जसका कारण उनी टोलीका अन्य सदस्यहरुसँगै जान पाएनन् ।
वैशाख १५ गते डिभिजन ३ को पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्नेछ । यो प्रतियोगिता नेपालले सन् २०१५ मा हुने विश्वकप खेल्ने बाटोका रुपमा हेरिएको छ । ६ देशको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई टोली डिभिजन २ मा बढुवा हुनुका साथै १०१४ को विश्वकप छनोट खेलका लागि चयन हुनेछ । उक्त छनोट चरण पार गर्न सके नेपालले विश्वकप मात्र खेल्नेछैन, एक दिवसीय टोलीको मान्यता समेत पाउनेछन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category: ,

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS