Widgets

१७ वर्षमा नै सानीआमाले यसरी बनाईन् कोठीको बेश्या

Unknown | 17:08 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


कहाँबाट सुरु गरौँ ? सुरुवात गर्नै गाह्रो लाग्यो । झन् लोग्नेमान्छेसँग कुरा गर्न त मनै लाग्दैन । लोग्नेमान्छे देख्दै रिस उठ्छ । तिनीहरूले मलाई कति सताएका छन् कति । त्यो सबै सम्झिदा त चिथोर्न मन लाग्छ ।



अहिले २१ वर्षकी भए । धनकुटा घर हो । चार वर्षअघि बिहे भएको हो । परिवारको सहमतिमै बिहे भयो । वर्ष दिन राम्रैसँग बिते । छोरी जन्मिइन् । श्रीमान्, सासूससुरा तथा अन्य परिवारजनसँग राम्रै थियो । दुई वर्षअघिको कुरा हो, आमा बिरामी हुनुभयो । हेरचाह गर्ने कोही थिएन । माइती घर आएँ । महिना दिनभन्दा बढी आमासँगै बस्नुपर्‍यो । त्यही निहुँमा घरपरिवार र श्रीमान्सँग झगडा भयो । श्रीमान्ले भन्नुभयो, ‘माइतीमै बस्, अब मेरो घर नआइज ।’ उहाँ म र छोरीलाई छाडेर मलेसिया जानुभयो ।

घरबाट कोही लिन आएनन् । मलाई पनि घरमा आउन दिएनन् । म माइतीमै बसे । माइतीको अवस्था पनि राम्रो थिएन । आर्थिक अवस्था कमजोर छ । त्यहीवेला सानीआमा आउनुभयो । बज्यै र मलाई भारत जाऔँ भन्नुभयो । उहाँको पूरै परिवार भारतको आग्रामा बस्छ । बज्यैसँग छोरीलाई लिएर केही दिनका लागि म पनि आग्रा गएँ, २०/२२ महिनाअगाडि ।

आधा महिनापछि बज्यै घर फर्किनुभयो । म त्यहीँ बसेँ । सुरुवातमा त म घरकै काम गर्थें । बिस्तारै अरू काममा पनि लगाउन थाल्नुभयो । सानीआमाको घरमा बाहिरका मान्छे पनि आउँथे । म त नातेदार, आफन्त तथा चिनेजानेकै मान्छे होलान् भन्ने सोच्थेँ । पछिपछि त उनीहरूसँग सुत्न लगाउन थाल्नुभयो । केही दिन त मैले मानिनँ । सात-आठवटा कोठा भएको घर थियो । चार-पाँचजना अरू दिदीहरू पनि थिए । उनीहरू पनि नेपालीजस्तै थिए, तर हिन्दी बोल्थे । उनीहरू पनि बाहिरबाट आउने मान्छेसँग सुत्ने रहेछन् । त्यहाँ आउने लोग्नेमान्छे आफन्त होइन ग्राहक पो रहेछन् ।

केही दिन मैले नमान्दा पनि केही भन्नुभएन । महिनादिन बित्नै लाग्यो । त्यसपछि ‘सित्तैमा कसले दिन्छ तलाईं खाना ? तेरा बुबाले कमाएर राखेको छैन । जे भन्छु त्यो काम गर,’ भन्दै कुट्न थाल्नुभयो । बेस्सरी कुटेपछि हिँडडुल गर्नै नसक्ने भएकी थिए । एकसाँझ कोठामै थिएँ, एकजना जड्याहालाई कोठामा पठाउनुभयो । ऊ भित्र आएपछि बाहिरबाट ढोका बन्द गरिदिनुभयो । त्यो अजंगको लोग्नेमान्छेलाई मैले जति गर्दा पनि सम्झाउन सकिनँ । उसले ममाथि जबरजस्ती गर्‍यो । सानीआमाको कुटाइको पीडा र त्यसको जबरजस्तीले मलाई अति पीडा भयो । म कराए, चिच्याएँ, रोएँ, तर केही सीप लागेन । बन्द कोठाभित्र मैले रोएको कसले सुन्थ्यो र ? तीन-चार घन्टापछि जड्याहा त गयो, तर म रातभर सुत्न सकिनँ । साह्रै गाह्रो भयो, पूरै शरीर दुख्यो ।

त्यस्तो क्रम दिनदिनै दोहोरियो । मैले अस्वीकार गर्दा कुटाइ खान्थेँ, त्यसैले कुटाइ खानुभन्दा त जे भन्यो त्यो गर्न थालेँ । बिहान ८-९ बजेदेखि नै ग्राहक आउन थालिहाल्थे । दिनमा दश-बाह्र जनासम्म आउथे । त्यस्तो दिन राति सुत्नै सक्दिन्थेँ । पूरै जीउ दुख्थ्यो । कोही ग्राहक त राम्रै हुन्थे । आधा घन्टा/एक घन्टामा जान्थे । कोही/कोही भने रक्सी पिएर आउथे । साह्रै दुःख दिन्थे । उनीहरूले भनेअनुसार गर्नुपथ्र्यो । मान्छेको जस्तो व्यवहार गर्दैनथे । बाघ, भालुजस्तै जनावर लाग्थे । तैपनि सहनुपथ्र्यो, सहन्थेँ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS