Widgets

भारतीय पर्यटक महाचोर, अमेरिकी पर्यटकले टावेल चोर्छन्

Unknown | 05:49 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


विश्वमा कुन देशका पर्यटकहरु सबैभन्दा बढि चोर होलान् ? घुम्न जाने बहानामा चोरीचकारी गर्ने तथा आफु बसेकै होटलबाट पनि विभिन्न खाले सरसामान चोर्ने काम कुन देशका पर्यटकले बढि गर्छन् होला ? पछिल्लो अध्ययनले विश्वका चोर पर्यटकको सूचिमा भारतीय पर्यटकहरु तेश्रो स्थानमा रहेको देखाएको छ ।

विश्वव्यापी रुपमा गरिएको एक सर्भेक्षणले ३८ प्रतिशत भारतीय पर्यटकले आफु घुम्न गएको ठाउँ वा देशमा बसेको होटलका विभिन्न सामान चोर्ने गर्छन् । होटेल्स डक कम नामक साइटले उक्त अनलाइन सर्भेक्षण अनुसार विश्वमा सबैभन्दा धेरै चोर पर्यटक कोलम्बियाका रहेका छन् । सयमा ५७ जना कोलम्बियाली पर्यटकले आफु बसेको होटलबाट केही न केही कुरा चोरेकै हुन्छन् । चोर पर्यटकको दोश्रो स्थानमा मेक्सिकन पर्यटक रहेका छन् । तथ्यांक अनुसार ४० प्रतिशत मेक्सिकन पर्यटकले चोरी गर्ने गर्छन् ।



सर्भेक्षणले पर्यटक बस्ने होटलबाट सबैभन्दा बढि चोरी हुने वस्तुमा पत्रपत्रिका तथा किताब रहेको देखाएको छ । सर्भेक्षणका क्रममा विश्वका ३५ प्रतिशत पर्यटकले आफु बसेको होटलबाट कुनै न कुनै चिज चोर्ने गरेको देखिएको छ ।

विश्वमा सबैभन्दा इमान्दार पर्यटक डेनमार्कका पर्यटक देखिएका छन् । ८८ प्रतिशत डेनिस पर्यटकले यस्तो चोरी कार्य गर्दैनन् । यस्तै ३४ प्रतिशत अमेरिकी र चिनीया पर्यटक चोर रहेको देखिएको छ । अमेरिकी, इटालियन, क्यानेडाली तथा हंगकंग र स्विडेनका पर्यटकले आफु बसेको होटलबाट टावेल चोर्न रुचाउँछन् भने चिनिया पर्यटकले बढि चोर्ने वस्तुमा घडी, ल्याम्प तथा कलात्मक चित्र लगायतका वस्तु रहेका छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS