Widgets

मंसिरमा चुनाव नभए कस्तो अनिष्ट ?

Unknown | 07:20 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


११ बैशाख, काठमाडौ । उपराष्ट्रपति परमानन्द झाले मंसीरमा पनि निर्वाचन नभए मुलुकमा राजनीतिक अनिष्ट उत्पन्न हुने भन्दै जसरी भएपनि निर्वाचन गर्नुपर्ने बताएका छन् । निर्वाचनका लागि सरकार, राजनीतिक दल र सबैले मद्दत गर्नुपर्ने उनको भनाइ थियो । यद्यपी आज उनले कस्तो अनिष्ट भन्ने नबताएपनि राष्ट्रपतिले चुनावी सरकारको नेतृत्व गर्नुपर्ने आशय व्यक्त गर्दै आएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा उपराष्ट्रपति कार्यालय बहादुर भवनमा आयोजित कार्यक्रममा चियापान कार्यक्रममा उपराष्ट्रपति झाले निर्वाचनको माहौल बनाउनुपर्ने बताएका हुन् । निर्वाचनका लागि मौसम बाधक नबन्ने भन्दै दलहरू तयार भए वातावरण आफै बन्ने उल्लेख गरे ।
चियापान कार्यक्रममा अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले निर्वाचन प्रक्रिया अघि बढेको भन्दै मंसीरमै चुनाव हुने दावी गरे । मतदाता नामावली संकलनको काम भइरहेको तथा अन्य प्रक्रिर्या जारी रहेका कारण मंसीरमै निर्वाचन हुने उनले जिकिर गरेका छन् ।
कार्यक्रममा नेकपा एमाले अध्यक्ष झलनाथ खनाल लगायत विभिन्न दलका नेता, सरकारी अधिकारी, कुटनीतिक नियोगका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । सरकारी तबरबाट लोकतन्त्र दिवसमा कुनै कार्यक्रम नभएपनि उपराष्ट्रपति झाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS