Widgets

उनीहरूका आँखा अझै ओभाएका छैनन्..

Unknown | 07:20 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


११ वैशाख,काठमाडौ। ‘हामीले लडेर ल्याएको लोकतन्त्रमा तस्करहरूको हालीमुहाली देख्दा मन भक्कानिएर आउँछ, नेताहरूलाई झम्टन जाउँ जस्तो लाग्छ, लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा जनआन्दोलनका एकजना घाइतेले भने, 'लोकमान जस्ता जनआन्दोलन दवाउनेलाई काखा र हामीलाई पाखा गरियो ।’

निरंकुश राजतन्त्रको जरो उखेल्न जनसागर सडकमा ओर्लिएको सात बर्ष पूरागर्दै गर्दा लोकतन्त्र दिवसप्रति जनआन्दोलनका घाइते मात्र होइन सर्वसाधारण समेत निराश बन्दै गएका छन । शैसवकालमै लोकतन्त्रप्रति जनतामा किन यस प्रकारको वितृष्णा उत्पन्न भयो ? राजनीतिक विश्लेष्क श्याम श्रेष्ठ भन्छन्,'लोकतन्त्रको सिंहदरबार आसपास भन्दा पर पुग्न सकेन ।’

देशको मुहार फेर्नका लागि आन्दोलनमा होमिएर परिवारको सदस्य गुमाएका वा घाइते भएका परिवारमा आजको दिन लोकतन्त्र होइन शोकतन्त्र दिवस मनाइरहेका छन् । जनआन्दोलनका घाइते कृष्ण गिरी भन्छन्ने, 'नेताहरु सत्ता, भत्ता र कुर्सीको स्वार्थले अन्धा भए, हामीलाइ उपेक्षा गरियो ।’

जनआन्दोलन दिवस सातौ वर्षगाठ मनाइदा जनआन्दोलनका घाइते काभ्रेका मुशेक कायस्थ अझैपनि अचेत छन् । मुकेशकी आमाको प्रश्न छ, ‘हाम्रा छोराहरुले बगाएको रगतको मुल्य खोइ ?'

दोस्रो जनआन्दोलनका पहिलो सहीद उमेश थापाकी पत्नी लक्ष्मी देशको भद्रगोग अबस्था देख्दा आफूहरुका आँखा रसाइरहेको बताउनु हुन्छ । ‘नेताहरुका खोक्रा आश्वासनले शहीदका सपमान पूरा हुने छैनन, देशको मुहार फेर्न शहीद बनेका थिए, नेताको मुहार फेर्न होइन ।’

राजनीतिक विष्लेषक निलाम्बर आचार्य लोकतन्त्र स्थापनाको सातौ बर्ष पूरा भइसक्दा उपलव्धी रक्षा गर्ने भन्दापनि भएका उपलव्धी मास्ने षडयन्त्र भइरहेको बताउँछन् । उनी भन्छन्, ‘दलीय स्वार्थका कारण जनआन्दोलनका उदेश्य अधुरै रहे, जनताले परिवर्तनको अनुभूती गर्न पाएनन ।’

अन्य समाचार खोज्नुस...



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS