प्रचण्डलाई उपलब्धी गुम्ने भन्ने चिन्ता
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
११ वैशाख, नेपालगञ्ज । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको त्याग र बलिदानबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न सबै नेपाली दोस्रो संविधानसभाको निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।
लोकतन्त्र दिवसका अवसरमा आज यहाँ दोस्रो जनआन्दोलनमा नेपालगन्जमा शहादत प्राप्त गरेकी शहिद सेतु विकको शालिक अनावरण गर्दै उनले भने, “नेपाली जनताको ठूलो बलिदान तथा सङ्घर्षबाट प्राप्त उपलब्धि कतै गुम्ने त होइन भन्ने चिन्ता उब्जेको छ ।”
अध्यक्ष दाहालले संविधान निर्माणको ८० प्रतिशतभन्दा बढी काम टुङ्ग्याए पनि संविधान जारी गर्न नसकिएकामा दुःख व्यक्त गर्दै संविधान निर्माणको बाँकी काम निर्वाचित भएर आउने नयाँ संविधानसभाले सम्पन्न गर्ने विश्वास दिलाए ।
“हामी सबै तीन करोड नेपालीले एक मन भएर यो देशको समृद्धि, आर्थिक विकास तथा निर्माणका लागि सङ्कल्प र प्रतिज्ञा गर्नु आवश्यक छ”, उनले भने ।
उनले शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधान लेख्ने प्रयत्न गरिएकामा शान्ति प्रक्रियाको विषय करिब करिब टुङ्गोमा पुगिसकेको तर राजनीतिक दलको विमतिका कारण संविधान जारी गर्न नसक्दा पुनः संविधानसभाको निर्वाचन गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको हो भने ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लडाइँमा शहादत प्राप्त गर्ने सहिदको सपना पूरा गर्न अब फुटेर होइन जुटेर राजनीतिक मुद्दा सल्टाउनुपर्नेमा उनको जोड थियो ।
बाँके जिल्ला विकास समितिको संयोजनमा करिब दुई लाखको लागतमा सहिद सेतु विकको शालिक अनावरण कार्य सकिएको स्थानीय विकास अधिकारी विश्वराज डोटेलले जानकारी गराएका छन् । रासस
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
Category: Latest News

0 comments