Widgets

सेक्स बेच्ने काम भईरहेको छ : प्रियंका कार्की

Unknown | 17:13 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !



हर कोही नायिका पहिले फिल्ममा जम्छन्, नाम कमाउँछन्, स्थापित हुन्छन् अनि बिहे बारीमा लाग्छन् । नव नायिका प्रियंका कार्कीको हकमा भने ठ्याक्कै यसको विपरित भएछ । उनी घरजम गरी वरी फिल्ममा आएकी छिन् ।



उनी जबदेखि फिल्ममा प्रवेश गरिन्, पछाडि फर्केर हेर्नै परेको छैन । लगातार फिल्म पाईरहेकी छिन् । दुई वर्ष जति कान्तिपुर टेलिभिजनमा भिजेको रुपमा काम गर्दै जाँदा मिस टीन नेपाल २००५ को ताज जितेपछि उनी पढ्न अमेरिकातिर लागिन् । कान्तिपुर टिभिको सेल्युलाईड र ग्ल्याम फ्याक्टरमा भिजे, टेलिसिरीयल घरपेटी बाको कलाकार र मिस टीन नेपाल २००५ को अनुभव र ताज बोकेर पढ्नका लागि अमेरिका हानीएकी उनले त्यहाँ फिल्मलाई नै अध्ययनको विषय बनाईन् । अमेरिकाको एलाबामास्थित युनिभर्सिटी अफ नर्थ एलाबामाबाट फिल्म एण्ड डिजटल मिडिया प्रोडक्सनमा ब्याचलर गर्दा गर्दै त्यहिँ बसेर कम्प्युटर इन्जिनियरीङ गरिरहेका रोचक मैनालीसँग प्रेम भयो । प्रेम गहिरीँदै गएपछि दुई वर्षअघि उनैसँग बिहे पनि गरिन् । सांढे चार वर्ष अमेरिकामा बिताईसकेपछि भने उनी पहिलेदेखिको चाहना र सपना पूरा गर्न फिल्ममा आइन् । ‘पहिलादेखि नै मैले जिन्दगीमा के गर्नुपर्छ मलाई थाहा थियो । यसैले अमेरिका गएर फिल्म नै पढें’ प्रियंकाले भनिन् ‘अमेरिकामा फिल्म पढेपछि नेपालमै बसेर काम गर्ने सोच थियो । त्यही सोच अहिले जीवनमा उतार्दैछु ।’ प्रियंका फिल्ममा काम गर्न नेपाल आएपनि उनका प्राण प्यारा रोचक भने उतै छन् । एक्लै नेपाल आएर आएर काम गर्न थालेपछि कतिपयले प्रियंका र रोचकबिचको सम्बन्ध सकिईसकेको चर्चा पनि गरे । ‘उसलाई उतै काम गर्न मन छ । धेरै मानिस भिन्दा भिन्दै शहर र देशमा बसेर काम गर्छन् । हामी पनि त्यही गरिरहेका छौं’ प्रियंकाको भनाई थियो ‘तर यो कुरा मिडीयामा ल्याउनु जरुरी छैन । बिहे गरिसकेको कुरा पनि मिडियामा आउनु पर्छजस्तो लाग्दैन ।’

प्रियंकाले अमेरिकामै रहँदा अनलाईनमार्फत मेरो बेस्ट फ्रेन्ड फिल्मका लागि अफर पाइछन् । त्यो फिल्म बन्दा नबन्दै निर्माण भएको अर्को फिल्म थ्री लभर्स पनि उनकै भागमा पर्यो । एउटा रिलीज नभई अर्को फिल्म पाएकी प्रियंकाको थ्री लभर्स रिलीज् भइसकेको छ । यो फिल्मले खासै कमाई गर्न सकेन । प्रियंकाले यसबाट राम्रो रिभ्यु पनि पाइनन् । तर पनि उनको हात खाली छैन । भिजलान्तेकी वेश्या र कलिउडको हिरोइन बनिसकेकी उनी अहिले झोलेमा पनि वेश्याका रुपमा काम गरिरहेकी छिन् । ‘म केवल हिरोइनभन्दा पनि भर्सटाइल आर्टिस्ट बन्न चाहन्छु । त्यसैले फरक फरक रोल गरिरहेकी छु । कलिउडमा एक्ट्रेसको रोल गरें, भिजलान्तेमा टिनएजरको रोल गरें । मेरो बेस्ट फ्रेण्ड र झालेमा प्रस्टिच्युटको रोल गरेकी छु’ वेश्याको भूमिकामा अभिनय गर्नका लागि फिल्डमै गएर यसको अध्ययन गरेको जनाउँदै उनले भनिन् ‘

ठमेलका मसाज सेन्टर, डान्स बार र दोहोरी रेष्टुरयटमा गएर त्यहाँ काम गर्ने केटीहरुलाई भेटेर उनीहरुको लाइफस्टाइल नियालें । उनीहरुको गेटअप, बोलीचाली हिँड्ने बस्ने स्टाइलबारे अध्ययन गरेँ । उनीहरुको अपेरियन्स, बडी ल्याङग्वेज सबैलाई एटेन्सन गर्ने खालका लाउड र बोल्ड हुँदो रहेछ । ती पक्षलाई मैले आफ्नो क्यारेक्टरमा उतार्ने कोशिष गरेकी छु ।’

प्रियंकाको करियरमा उनले गर्ने भूमिकामा विविधता चुनौतिको विषय हो रे । ‘म एकै किसिमको क्यारेक्टर भन्दा पनि फरक फरक रोल गर्न चाहन्छु, यसबाट ट्यालेण्टको रेञ्ज पनि देखिन्छ, फरक टेस्ट पनि दिन सकिन्छ’ उनले सानो स्वरमा भनिन् । फिल्ममा चम्कन नव प्रवेशी सुन्दरीहरुले जतिसक्दो एक्सपोज गर्ने गर्छन् । प्रियंकाको दाबी भने बेग्लै छ ‘यो आफ्नो स्टयाण्डमा पनि भर पर्ने कुरा हो । । नेपालमा मात्र होइन, जहाँसुकै पनि कुनै केटी वीक छ, उसँग जसरी पनि फिल्ममा काम गर्नुपर्ने अवस्था छ, अरु अप्सन छैन भने बडी शो र एक्सपोज गर्नुपर्छ । आफैँ स्ट्याण्ड लिन सक्यो भने कसैले भन्ने हिम्मत गर्दैन ।’ प्रियंकाले अलि कडा आवाजमा भनिन् ‘एक्सपोज र ग्ल्यामर भिन्न कुरा हो । नांगिएर वा कपडा खोलेर ग्ल्यामर देखिने होइन । यो त एक्सप्रेसनबाट हुन्छ । तर यहां रंग वेमा नांगिने र छोटो लुगा लगाउनुपर्ने कुरा हुन्छ । प्रेजेन्टेसन राम्रो छ भने छोटो कपडा पनि लगाउनु पर्छ ।’ प्रियंकाको असन्तुष्टि रहेछ ‘मैले दुईवटा फिल्ममा प्रष्टिच्युटको रोल गरेँ । मान्छेहरु प्रष्टिच्युटको रोल भन्नासाथ ५ वटा बेड सिन, ४ वटा किसिङ सिन होला भन्छन् । तर फिल्म भनेको एउटा आर्ट हो भनेर बुझ्नु पर्छ । अहिलेसम्म आफ्नो एउटामात्र फिल्म रिलीज भएको देखेकी प्रियंका अर्ति पनि दिन्छिन् ‘हाम्रो जस्तो देश, जहाँ फिल्मको ग्रेडिङ पनि हुँदैन, त्यहाँ सबैलाई स्वीकार्य हुने फिल्म बनाउनुपर्छ । फिल्म बनाउने तरिका राइट वेमा हुनुपर्छ ।’

हिजोआज यौनमा केन्द्रित फिल्मको हालीमुहाली छ । यस्ता फिल्ममा खासगरी नवप्रवेशीहरुलाई खुला अफर गरिन्छ । ‘मलाई त सक्स फिल्ममा अफर नै आउँदैन । कसैले पनि त्यस्तो फिल्ममा अफर गर्ने हिम्मत नगरेकै राम्रो हुन्छ । अफर आए पनि गर्ने कुरै हुन्न । यस्तै ३–४ वटा बेड सिन, किस सिन हुनुपर्छ भन्ने सोचले बनेका फिल्मले हाम्रो फिल्म इण्डष्ट्रिलाई तल लाँदैछ’ उनको भनाई छ ‘जसरी हुन्छ सेक्स बेच्ने काम भईरहेको छ । सेन्सर बोर्डले यस्तो खालको फिल्म खिच्नै नदिएको राम्रो । सेन्सरले अहिले जुन पोस्टरमा समेत सेन्सर गरिरहेको छ नि, त्यो असाध्यै राम्रो काम गरिरहेको छ । बेडिङ र किसिङ सिन बलिउडका फिल्ममा पच्छ, हामीकहाँ त्यो बेला भएको छैन । त्यो सोचमा, त्यो लेभलमा फिल्म बनाउने क्षमता भएको मेकर एउटै छैन । अहिले त जसरी हुन्छ हामीले दर्शकबाट रेस्पेक्ट फिर्ता लिनु जरुरी छ ।’



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS